आज काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने

आज काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । काठमाडौँ र ललितपुरका सरकारी कार्यालय आज खुल्ने भएका छन् ।

सरकारले आइतबार र सोमबार सार्बजनिक बिदा दिएको भएपनि सोमबार मौसममा उल्लेख्य सुधार भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरले सोमबार जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

यसअघि आइतबार गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो । सरकारले विपद्को जोखिमलाई मध्यनजगर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Skip This
Skip This
Logo