रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । "/>

बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १६ घाइते (३ तस्बिरसहित)

बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १६ घाइते (३ तस्बिरसहित)

केन्द्रबिन्दु
0
Shares

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।  सल्लेबाट खलंगातर्फ जादै गरेको ना५ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

मृतककी– सात महिनाकी छोरी, मुसिकोट नगरपालिका– १ का १६ वर्षीय चन्द्रबहादुर विक, सोही ठाउँकी तीन वर्षीया देवी केसी, ५४ वर्षीय विष्णु बुढाथोकी, ११ वर्षीया झरना थापा, १६ वर्षीया दिविका बुढाथोकी र २० वर्षीया मनिषा विसी खड्का घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गाडी सफा गर्न ल्याउने क्रममा सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । गाडी सडकबाट करीब एक सय मिटर तल खोलामा सकेको थियो । प्रहरीले गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

Logo