विश्वकप २०१८ मा इंग्ल्यान्डलाई हराउदै इतिहास रचेको क्रोएसिया त्यसै पनि चर्चामा छ । त्यसमाथि अहिले त्यहाका राष्ट्रपति कोलिन्डा ग्य्राबर किट्रोबिचका कारण क्रोएसियाको चर्चा थप चुलिएको छ । "/>

सेमिफाइनल जितेपछि स्टेडियममै नाचिन् क्रोएसियाकी राष्ट्रपति (हेर्नुहोस् भाइरल भिडियो)

सेमिफाइनल जितेपछि स्टेडियममै नाचिन् क्रोएसियाकी राष्ट्रपति (हेर्नुहोस् भाइरल भिडियो)

केन्द्रबिन्दु
0
Shares

विश्वकप २०१८ मा इंग्ल्यान्डलाई हराउदै इतिहास रचेको क्रोएसिया त्यसै पनि चर्चामा छ । त्यसमाथि अहिले त्यहाका राष्ट्रपति कोलिन्डा ग्य्राबर किट्रोबिचका कारण क्रोएसियाको चर्चा थप चुलिएको छ । राष्ट्रपति कोलिन्डाले दर्शकसंगै बसेर खेल हेरेको, स्टेडियममै नाचेको र ड्रेसिङ रूममा गएर खेलाडीहरूसँग अंकमाल गरेर हौसला दिएको कुराले यतिबेला उनको वाहवाही भैरहेको छ ।

जब सेमिफाइनलमा क्रोएसियाले जित हात पारे त्यस लगतै राष्ट्रपति कोलिन्डा उफ्री उफ्री नाच्न थालिन् । म्याचका बेलामा उनले आफ्नो देशको झण्डाको रंग भएको पोशाक लगाएकी थिइन् । म्याच हेर्नैका लागि उनी सबै प्रोटोकल तोडेर इकोनोमी क्लासको उडानमा यात्रा गरेर रुस पुगेकी थिइन् ।

यसअघि क्वार्टरफाइनलमा भएको रुस र क्रोएसियाबीचको खेल हेर्न पनि उनी रुस पुगेकी थिइन् । म्याचमा क्रोएसियाले पहिलो गोल हान्दा राष्ट्रपति नाच्न थालिन् । कोलिन्डाले यसअघि जुलाई १ मा डेनमार्कविरुद्ध भएको प्रिक्वार्टर फाइनल खेल भिआइपी कक्षमा नभई फ्यान आइडी लगाएर आमदर्शकसँगै बसेर हेरेकी थिइन्।

कोलिन्डा क्रोएसियाकी पहिलो महिला राष्ट्रपति हुन् । कोलिन्डा क्रोएसियाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनेकी छिन् । १९९६ मा जेकोभ किटारोभिचसँग बीहे गरेकी उनका दुई सन्तान क्याटरिना (१६) र लुका (१४) रहेका छन् ।

हेर्नुहोस भिडियो 

Skip This
Skip This
Logo