आजदेखि त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएका छन् । डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका डाक्टरहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पारी माइतीघर मण्डलामा बिरामी जाँच्न लागेका हुन् ।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा ओपिडी सेवा दिने भएका हुन्। डा केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको भन्दै उनीहरुले आन्दोलन चर्काउन लागेका हुन् । डा.केसी १४ दिनदेखि जुम्लामा आमरण अनशनरत छन् ।





























प्रतिक्रिया