चितवन
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्लामा अनसनरत डा गोविन्द केसीको माग हुबहु पूरा गर्न नसकिने बताएका छन् । ‘प्रतिनिधिसभा सार्वभौम संस्था हो, त्यसलाई ‘डिक्टेक्ट’ गर्न मिल्दैन,’ बिहीबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग नेकपाका अध्यक्ष दाहालले भने, ‘यसले सार्वभौम जनता र लोकतान्त्रिक अभ्यासको अपमान हुन्छ, डा. केसीका माग हुबहु पूरा हुँदैनन् ।’
उनले माथेमा प्रतिवेदन माथि सरकारले थपघट र परिमार्जन गर्न सक्ने बताए । अध्यक्ष दाहालले भने ‘प्रतिवेदन माथि थपघट र परिमार्जन गर्ने अधिकार सरकारले राख्छ भने त्यसको अन्तिम फैसला संसदले गर्छ । उनले छलफलका लागि आएका चिकित्सक संघको टोलीलाई डा केसीलाई काठमाडौंमा ल्याएर उपचार गरी वार्ता गराउन आफूले सुझाएको बताए ।
नेकपाका अध्यक्ष दाहालले प्रदेशको अस्थायी राजधानीलाई स्थायी बनाइने संकेत गरेका छन् । ‘प्रदेशको राजधानीलाई चलाएमा सबैतिर खैलाबैला हुन्छ, त्यसकारण अहिले कतै राजधानी फेरिहाल्ने पक्ष नेकपा छैन,’ उनले भने । उनले गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डका दोषी छविलाल पौडेल अदालतको फैसलाको सम्मान गर्दै समस्या समाधानको सकारात्मक वातावरण बनाउन करागार गएको बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया