काठमाडौं
सरकार र अनशनरत डा गोविन्द केसी पक्षधर आ–आफ्नो अडानबाट पछि नहट्दा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक झनै जटिल मोडमा पुगेको छ । सरकारले संसद सचिवालयमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबाट पछि नहट्ने स्पष्ट अडान लिएको छ । यता केसी पक्षधरले पनि माग पूरा नहुँदासम्म पछि नहट्ने चेतावनी दिँदै आएका छन् । केसीको माग सम्बोधन गर्न माग गर्दै चिकित्सकहरू आन्दोलित समेत बनेका छन् । तर सरकारले भने केसीलाई आफूले बनाउने कानुन र ऐनबाट बन्ने विधेयकमा विश्वास लिन आग्रह गरेको छ ।
सरकार र जुम्लामा अनशरत केसी पक्षधर पछिल्लोपटक एकले अर्कालाई गलाउने रणनीतिमा लागेका छन् । सरकारले केसीको माग सम्बोधनका लागि वार्ताटोली समेत गठन गर्न आनाकानी गरेको छ भने केसीले सरकारले पठाएका चिकित्सकबाट उपचार लिन अस्वीकार गरेका छन् ।
सरकारले केसीलाई अनशन छाडेर आयोग मार्फत माग सम्बोधन गर्न आग्रह गरेको छ भने केसीले माग पूरा नहुँदा सम्म अनशन नतोड्ने अडान लिएका छन् । डा. गोविन्द केसीले उठाएका माग आयोग मार्फत सम्बोधन गर्न सकिने जनाए पनि अहिले विधेयक मार्फत उनका माग अक्षरशः सम्बोधन गर्न नसकिनेमा सरकार पुगेको हो ।
राजधानीबाट































प्रतिक्रिया