काठमाडौं । एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले साइबर अपराधको कसुरमा प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा लिखित जवाफ दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । सोही अनुसार उनी बुधबार बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर डेढ घण्टा लिखित बयान दिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले बताए ।
‘उहाँ बयान दिएर भर्खरै निस्कनु भएको छ । सरकारी वकिल कार्यालयको निर्देशनअनुसारको काम भएको छ’ अवस्थीले बताए ।सरकारी वकिल कार्यालयले पठाएको प्रश्नको बस्नेतले लिखित जवाफ दिएको ब्यूरो स्र्रोतले बतायो ।
‘सरकारी वकिल कार्यालयले हामीलाई तीन वटा टास्क दिएको थियो । त्यो मध्ये एउटा बयानको काम सकिएको छ । बाँकी दुई वटा काम सकिएपछि प्रतिवेदन पेश गर्छौं’ ब्यूरो स्रोतले भन्यो । ब्यूरो स्रोतका अनुसार सरकारी वकिल कार्यालयले तयार गरेका प्रश्नमा उनले इन्कारी बयान दिएका छन् ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो ।





























प्रतिक्रिया