काठमाडौं । कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढीपहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ ।
हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पु-याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारसँग उपलब्ध सबै राहत सामग्री तीव्र गतिमा पठाइएको बताए। उनका अनुसार सरकारका सबै निकायहरू समन्वयमा रहेर राहत वितरणमा जुटिरहेका छन्।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी संयन्त्रको बैठकहरु पनि धमाधम राखेर राहत सामग्रीसंगै मृतकका परिवारलाई रकम पठाउने र अत्यावश्यक सामग्रीहरु पठाउने कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर दिने कार्य भैरहेको बताए । प्रदेश सरकारका मन्त्रीहरू पनि आआफ्नो ठाउँमा फिल्डमै गएर निर्माण र पुनर्निर्माणको काममा ध्यान दिन सुरु गरेको उनले जानकारी दिए ।





























प्रतिक्रिया