मोरङ

३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको मुद्दामा पूरक अभियोग लगाइएका सात मध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । "/>

सुन तस्करीमा संलग्न थप ३ जना कारागार चलान

सुन तस्करीमा संलग्न थप ३ जना कारागार चलान

केन्द्रबिन्दु
0
Shares

मोरङ

३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको मुद्दामा पूरक अभियोग लगाइएका सात मध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङको आदेशपछि उनीहरू पुर्पक्षका लागि थुनामा गएका हुन् । काठमाडौं–१६ स्वयम्भूका ५४ वर्षीय फाल्दुङ फुल्टुङ भन्ने लक्षुबहादुर गुरुङ, काठमाडौं–६, गौरीघाटका ४२ वर्षीय रामकुमार तिवारी र काठमाडौं–९ का ३४ वर्षीय मदन सिलवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश आएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माले सोमबार दिएको आदेश अनुसार उनीहरूलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन, अ.व. ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

यस्तै उर्लाबारी–५ का ३८ वर्षीय रेवत भन्ने रेवन्तकुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक–९ का ३४ वर्षीय विनोद अधिकारी र दोलखा चरिकोट–१ का ४३ वर्षीय मोतीराम श्रेष्ठलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालत मोरङले जनाएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार सात जनालाई पूरक अभियोग लगाएर आपराधिक समूह स्थापना सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । प्रतिवादी मध्ये सञ्जिव खड्का हाल फरार छन् । आइतबारदेखि न्यायाधीश शर्माको इजलासमा सुरु भएको थुनछेक बहस दुई दिन लगाएर सोमबार दिउसो सकिएको हो ।
राजधानीबाट

Skip This
Skip This
Logo