चितवन

नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँ ठाउँमा पहिरो खसेपछि आज पनि सडक अवरुद्ध भएको छ । "/>

पहिरोका कारण आज बिहानै देखि नारायणगढ – मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण आज बिहानै देखि नारायणगढ – मुग्लिन सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

चितवन

नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँ ठाउँमा पहिरो खसेपछि आज पनि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीन देखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना साना पहिरो खसेका छन् ।

यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार दिउँसो देखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँ ठाउँमा पहिरो खसेका हुन् ।
रासस

Logo