दाङ

मुस्ताङमा गत शुक्रबार टिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरका परिवारलाई सरकारले जनही पाँच लाख रुपैयाँ राहत दिने भएको छ । "/>

मुस्ताङ टिपर दुर्घटनामा मृतकका परिवारलाई ५ लाख राहत

मुस्ताङ टिपर दुर्घटनामा मृतकका परिवारलाई ५ लाख राहत

केन्द्रबिन्दु
0
Shares

दाङ

मुस्ताङमा गत शुक्रबार टिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरका परिवारलाई सरकारले जनही पाँच लाख रुपैयाँ राहत दिने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाको सोमवारको बैठकमा दुर्घटनाबारेमा जानकारी दिँदै मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले राहत दिने जानकारी गराएको दाङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले जानकारी दिए ।

मुस्ताङ दुर्घटनामा २० जना श्रमिकको मृत्यु भएको थियो । दुर्घटनामा दाङका ६ जनाको ज्यान गएको छ । राप्ती गाउँपालिकाका गुरुदत्त थापा, शान्ति थापा, सुबेर चौधरी, कविता घर्ती र राजपुर गााउँपालिकाका बालकुमार घर्ती र कमल बुढाको मृत्यु भएको थियो । त्यसैगरी रोल्पाका एकै घरका ६ जना सहित ११ जनाले ज्यान गुमाएका थिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo