काठमाडौं

प्रदेश सभाको बैठक बस्न थालेको पाँच महिना बितिसक्दा पनि प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुन सकेको छैन । "/>

प्रदेशको नाम र राजधानीमा अन्योल कहिले सम्म ?

प्रदेशको नाम र राजधानीमा अन्योल कहिले सम्म ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रदेश सभाको बैठक बस्न थालेको पाँच महिना बितिसक्दा पनि प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुन सकेको छैन । नाम र राजधानीका विषयमा सांसदहरू पनि विभाजित छन् । यद्यपि उनीहरूले यि दुवै विषयको टुंगो लगाउनु पर्ने माग प्रदेश सभामा पटकपटक उठाउँदै आएका छन् ।

‘जन्मेको ११ दिनमा शिशुको पनि नाम राखिन्छ, तर हाम्रो प्रदेशले ६ महिनामा पनि नाम पाएको छैन, यस्तो अन्योल कहिले सम्म रहने हो टुंगो छैन,’ प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद प्रतापप्रकाश हाङनामले भने । सबै दलको सहमति जुटाएर नाम र प्रदेश टुंगो लगाउने सरकारको तयारी छ ।

प्रदेश नं. २ को नाम र राजधानीबारे सत्तारुढ र विपक्षी दलहरूबीचको विवादका कारण प्रदेश सभामा यो विषयले प्रवेश नै पाएको छैन । सत्तारुढ संघीय फोरम र राजपा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने पक्षमा छन्  । तर कांग्रेस र नेकपा त्यसमा सहमत छैनन् । कांग्रेसले प्रदेशको नाम ‘मिथिला’ उत्तम हुने बताउँदै आएको छ । नेकपाले ‘जानकी’, ‘मिथिला’ वा ‘मिथिला–भोजपुरा’ बनाउन सकिने बताउँदै आएको छ । त्यस्तै राजधानी जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा विवाद छ । तर प्रदेश सभामा यी दुवै विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन ।

अहिले सम्म दुई वटा प्रदेशले मात्रै नाम र राजधानी टुंगो लगाएका छन्  । यसमा सबैभन्दा अगाडि तत्कालीन प्रदेश नम्बर ६ देखियो । प्रदेश सभाको दोस्रो बैठकबाटै उसले विवादरहित ढंगले प्रदेशको नाम ‘कर्णाली’ र स्थायी राजधानी ‘वीरेन्द्रनगर’ तोकिसकेको छ  । दोस्रो नम्बरमा तत्कालीन प्रदेश नम्बर ४ ले नाम र राजधानी टुंगो लगायो । अघिल्लो साता मात्रै प्रदेश सभाले प्रदेशको नाम ‘गण्डकी’ र स्थायी राजधानी ‘पोखरा’ राख्ने निर्णय गरेको छ ।

सत्तारुढ नेकपा भित्रै विवाद रहेका कारण नाम र राजधानीका विषयमा प्रदेश सभामा छलफल हुन पाएको थिएन । ठूलो रस्साकस्सीपछि नेकपा संसदीय दलको बैठकमा नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ राख्ने सहमति जुटेको थियो ।
नयाँ पत्रिकाबाट

Logo