काठमाडौं
महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारी साधनको दुवैतर्फको आवागमन रोकिएको छ ।
नेपाल र भारतको पहाडी क्षेत्रमा वर्षा बढेसँगै महाकाली नदीमा पानीको वहाव बढेको कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले सोमबार अपराह्न १ वजेपछि पुलमा चार पाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको हो । महाकाली नदीमा १ लाख प्रतिसेकेन्ड क्युसेक पानी सामान्य मानिए पनि पुलको अवस्थाका कारण त्यो भन्दा माथी गए आवागमन ठप्प पारिने गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इञ्चार्ज डिकरदेव पन्तले बताए ।
महाकाली पूल झण्डै ९० वर्ष पुरानो भएकाले पानीको वहाव बढेसंगै पुलको आवागमन भारतीय पक्षले रोक्दै आएको छ । महाकाली नदीमा रहेको दुवैतर्फको स्वामित्व भारतकै नियन्त्रणमा छ । पुलमा पैदल यात्री र मोरटसाइकललाई गुड्न दिइए पनि चारपाङ्ग्रे सवारी साधनमा भने पूर्ण रोक लगाइएको छ । दिउँसो साँढे १ वजे महाकाली नदीमा पानीको बहाव एक लाख ७ हजार क्युसेक मापन गरिएको बताए । पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले पानीको वहाव अझै वढ्नसक्ने प्रहरीको अनुमान छ । गत साता मात्रै पानीको उच्च बहावका कारण पुल दुई दिनका लागी बन्द गरिएको थियो ।
राजधानीबाट





























प्रतिक्रिया