एमाले नेता थापाद्वारा सुशीला कार्की र ओमप्रकाश अर्यालमाथि ‘चुनाव फोबिया’को आरोप

एमाले नेता थापाद्वारा सुशीला कार्की र ओमप्रकाश अर्यालमाथि ‘चुनाव फोबिया’को आरोप

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ‘चुनाव फोबिया’ भएको गम्भीर आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै नेता थापाले उनीहरू चुनाव गराउने प्राणी नै नभएको दाबी गरेका हुन्।

थापाले कार्की र अर्यालका कामको लामो फेहरिस्तले नै उनीहरूमा ‘चुनाव फोबिया’ भएको पुष्टि गर्ने बताएका छन्। उनका अनुसार यदि उनीहरूमा चुनाव गराउने मति भएको भए पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्। उनले यस्तो कार्य ‘रुल अफ ल’ किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

थापाले उनीहरूका गलत आदेशहरू चारवटै सुरक्षा प्रमुखहरूले खारेज गरिसकेको समेत उल्लेख गरेका छन्। उनले गैरकानुनी आदेशको त न्यायालयमा समेत चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुने बताएका छन्।

संविधान र कानुनविपरीत चल्नेहरूलाई जनताले घिसारेर कहाँ पुर्‍याउँछन् भन्ने कुरा सुशीला, ओमप्रकाश, बालेन र ‘सुदने’ (दलाई लामा ग्याङ) ले हेक्का राख्नुपर्ने उनको भनाइ छ।

साथै नेता थापाले ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, व्यक्तिगत घर र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनि वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति नपाउने र यदि कानुनबमोजिम कारबाही नभए वा नगरिएमा टोलटोलबाट जनकारबाही हुने चेतावनीसमेत दिएका छन्।

Skip This
Skip This
Logo