मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजीप्ट जाने तयारीमा

मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजीप्ट जाने तयारीमा

केन्द्रबिन्दु
9
Shares

एजेन्सी,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो साताको अन्त्यतिर इजीप्ट जाने सम्भावना रहेको संकेत गरेका छन् । उनले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको भन्दै सम्झौता धेरै नजिक पुगेको बताएका छन् । अल–जजिराका अनुसार ट्रम्पले यसबारे बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा जानकारी दिएका हुन् ।

कार्यक्रमका क्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पठाएको नोट पढ्दै ट्रम्पले भने, ‘विदेशमन्त्रीले मलाई एउटा नोट दिएका छन् । जसमा भनिएको छ कि हामी मध्यपूर्वमा एक सम्झौतामा पुग्न निकै नजिक छौं, र मलाई चाँडै त्यहाँ जानुपर्नेछ ।’

ट्रम्पले आफू शनिबारको आसपास इजीप्ट प्रस्थान गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै भने, ‘मलाई अहिले केही समस्या समाधान गर्नका लागि मध्यपूर्व जानुपर्नेछ ।’ अल–जजिराका अनुसार एक वरिष्ठ प्यालीस्टेनी स्रोतले भनेका छन् कि इजीप्ट स्थित मध्यस्थकर्ताहरूले प्यालेस्टेनी पक्षलाई सम्झाएको छन् । यदि सम्झौता भयो भने ट्रम्पले गाजामा युद्ध अन्त्यको घोषणा गर्नेछन् । प्यालेस्टेनी प्रतिनिधिमण्डलले कैदीहरूको मुक्तिसँगै इजरायली फौजले गाजाको भित्री भागबाट फिर्ता हुने नक्सा प्रस्तुत गर्नुपर्ने माग गरेको बताइएको छ ।

मध्यस्थकर्ताहरूले दुवै पक्ष—प्यालेस्टेनी र इजरायली—लाई शुक्रबारलाई अन्तिम समयसीमा तोक्न आग्रह गरेका छन् । हमासले सबै इजरायली बन्धकहरूलाई रिहा गर्न र मृतकहरूलाई परिस्थिती सहज भएपछि मात्र हस्तान्तरण गर्ने सहमति जनाएको बताइएको छ । कैदी साटासाटका सूची, युद्धपछिको पुनःसंघर्ष रोक्ने ग्यारेन्टीजस्ता विषयमा प्रगति भएको जनाइएको छ । हाल एजीप्टस्थित मध्यस्थ टोलीले बाँकी विवादित विषयमा अन्तिम उत्तर पाउन इजरायली प्रतिनिधिमण्डलसँग छलफल गरिरहेको छ ।

यसअघि ट्रम्पले भनेका थिए, ‘मध्यपूर्वका लागि शान्ति — यो एक सुन्दर वाक्यांश हो, र हामी चाहन्छौं यो यथार्थमा परिणत होस् । अहिले अवस्था निकै राम्रो दिशामा अगाडि बढिरहेको छ।’ उनले थपे, ‘हाम्रो टोली उत्कृष्ट रूपमा काम गरिरहेको छ, र अर्को पक्षका वार्ताकार पनि निकै बलिया छन् । तर मलाई लाग्छ, यो सम्झौता अब सम्भव हुने चरणमा पुगेको छ ।’
एएनआई

Skip This
Skip This
Logo