काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कूलले नेपालकै पहिलो ‘डिप्लोमाथन वर्ल्ड सिम्पोजियम’ आयोजना गरेर देशको शैक्षिक इतिहासमा नयाँ अध्याय थपेको छ । दुई दिनसम्म चलेको यो अन्तर्राष्ट्रिय बहस तथा नीति निर्माण कार्यक्रममा विद्यार्थीहरू विश्वका राजदूत, नीति निर्माता र नेतृत्वकर्ताको भूमिकामा प्रस्तुत भएका थिए।
उपत्यकाभित्र र बाहिरका १० भन्दा बढी विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूले यसमा सहभागिता जनाए । उनीहरूले जलवायु परिवर्तन, विश्वव्यापी ई-कमर्स, सार्वजनिक स्वास्थ्य, भविष्यका लागि तयार शिक्षा, र फुटबल पर्यटन जस्ता ज्वलन्त विश्वव्यापी विषयहरूमा गहन छलफल र प्रस्तावहरू पेस गरे। विद्यार्थीहरूले जोशपूर्ण भाषण, रोचक बहस र आकस्मिक संकट समाधानका अभ्यासहरू मार्फत आफ्नो सोच, सृजनशीलता र नेतृत्व क्षमतालाई प्रमाणित गरे।
कार्यक्रमको समापन समारोहमा प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कूलले ‘ओभरल बेस्ट डेलिगेसन अवार्ड’ हात पार्दै आफ्नो उत्कृष्टता स्थापित गर्यो। प्रिमियरका विद्यार्थीहरूले प्राइमरी, मिडल र सिनियर हाइ स्कूल गरी सबै तहमा उत्कृष्ट प्रदर्शन गरे।
विजेता विद्यार्थीहरू-
बेस्ट डेलिगेटः दार्शनीका न्यौपाने (PYP 5), शाइरा श्रेष्ठ बताजु (PYP 5), असोस पुरी (MYP 1), आश्रय अग्रवाल (MYP 4), र रुचिका खड्गी (IBDP 1)।
हाइ कमेन्डेसनः अनुज के. घिमिरे (PYP 4), प्रिशा कर्माचार्य (PYP 5), र हृदिमा अग्रवाल (IBDP 1)।
स्पेशल मेन्सनः शिवाय अग्रवाल (PYP 4) र आरोन श्रेष्ठ (MYP 4)।
प्रिमियरकी शैक्षिक निर्देशक प्रवीणा थापाले यो सफलतालाई नेपालको शिक्षा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि बताइन् । “प्रिमियर सधैं जोखिम लिन र नयाँ काम सुरु गर्न तयार रहने संस्था हो। यी दुई दिनले प्रस्ट पार्यो कि नेपालका विद्यार्थीहरू पनि विश्वका युवासँग समान स्तरमा ठूला विषयमा छलफल गर्न र समाधान खोज्न सक्षम छन्,” उनले भनिन्।
यस कार्यक्रमको विशेषता यसको दुई-चरणमा आधारित विश्वव्यापी शिक्षण मोडेल हो। पहिलो चरणमा विद्यार्थीहरूले विभिन्न देशका विद्यार्थीहरूसँग कूटनीति र नेतृत्व प्रशिक्षणमा सहभागी भएर विश्वव्यापी दृष्टिकोण विकास गरे। दोस्रो चरणमा उनीहरूले सिकेका सीपहरूलाई सिम्पोजियममा प्रत्यक्ष रूपमा प्रयोग गरे।
प्रिमियर इन्टरनेसनल स्कूलले विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै आएको छ । यो कार्यक्रमले स्कुलको त्यही दृष्टिकोणलाई झल्काउँछ, जहाँ शैक्षिक उत्कृष्टतासँगै व्यक्तिगत र सामाजिक कौशलको विकासलाई समान महत्व दिइन्छ । आइबी कन्टिनम स्कूलको रूपमा प्रिमियरले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ ।































प्रतिक्रिया