काठमाडौँ

विगत ९ दिन देखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले आफ्नो माग प्रति कुनै तदारुकता नदेखाएको भन्दै कर्णालीमै मृत्यु वरण गर्न तयार रहेको बताएका छन् । "/>

कर्णालीमै मुत्युवरण गर्न तयार छु : डा. केसी

कर्णालीमै मुत्युवरण गर्न तयार छु : डा. केसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विगत ९ दिन देखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले आफ्नो माग प्रति कुनै तदारुकता नदेखाएको भन्दै कर्णालीमै मृत्यु वरण गर्न तयार रहेको बताएका छन् । ‘मेरो मृत्युले सरकारलाई सन्तुष्टि मिल्छ भने बरु कर्णालीमै मर्न तयार छु,’ सञ्चारकर्मी तथा शुभचिन्चतकहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर अन्तिम सास रहुन्जेल अनशन जारी रहन्छ ।’ माथेमा आयोगको प्रतिवेदनलाई सरकारले लत्याएको बताउँदै डा. केसीले आफ्ना माग प्रति सरकार सकारात्मक नभएसम्म अनशन फिर्ता नलिने उल्लेख गरे ।

यता डा केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन कालिकोटका जनप्रतिनिधिको एक टोली जुम्ला आइपुगेको छ । सत्याग्रह प्रति ऐक्यबद्धता जनाउन कालिकोटका स्थानीय तहका जनप्रतिनिधि, शिक्षक र नागरिक समाजको टोली जुम्ला पुगेको हो । जनप्रतिनिधिको टोलीले ऐक्यबद्धतापत्र जारी गर्दै दुर्गम र कर्णालीका जनताको पक्षमा केसीले थालेको आन्दोलन प्रति सरकारले अमानवीय र अभद्र व्यवहार गरेको भन्दै विरोध जनाएको छ ।

‘हामी सरकारको अधिनायकवादी शैली प्रति घोर भत्र्सना गर्दछौं,’ ऐक्यबद्धता पत्रमा भनिएको छ, ‘अहिले सम्म सहरबजारका केही सम्भ्रान्त परिवारका छोराछोरीले मात्र अवसर पाउने गरी काठमाडौंमा मात्र मेडिकल कलेज खोल्ने गरी सरकारले अनुमति दिनु गरिब, विपन्न तथा कर्णालीको पक्षमा देखिँदैन ।’ कर्णालीमा अविलम्ब एमबीबीएस पढाइ थाल्न पहल गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गरिएको छ । उक्त टोलीले डा केसीको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo