काठमाडौँ

चीनको अनुदानमा निर्माणकार्य अन्तिम चरणमा पुगेको कोटेश्वर- कलंकी सडक निर्माणको समय फेरि थप भएको छ । "/>

कोटेश्वर-कलंकी सडक निर्माणको समय ५ महिना थप

कोटेश्वर-कलंकी सडक निर्माणको समय ५ महिना थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चीनको अनुदानमा निर्माणकार्य अन्तिम चरणमा पुगेको कोटेश्वर- कलंकी सडक निर्माणको समय फेरि थप भएको छ । अन्तिमपटक थप भएको समय असार ३१ (जुलाई १५) गते सकिने भए पनि काम नसकिँदा म्याद थप गर्नु परेको हो । काठमाडौं चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माका अनुसार कोटेश्वर- सातदोबाटो- कलंकी सडक बिस्तारको समय फेरि थप भएको हो । ‘अन्तिमपटक थपिएको समय असार ३१ ( २०१८ जुलाई १५) मा सकिँदैछ ’, इन्जिनियर शर्माले भने, ‘तर चार प्रतिशत काम बाँकी भएकाले फेरि मंसिर २९ (डिसेम्बर १५) गतेसम्म समय थप भएको हो ।’

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले ४० महिनामा काम सक्ने गरी सन् २०१३ जुनमा कोटेश्वर- कलंकी सडक खण्ड विस्तारको काम सुरु गरेको थियो । तर २०७२ वैशाख १२ (२०१५ अप्रिल २५) गतेको शक्तिशाली भूकम्पपछि लामो समय काम ठप्प भयो । भूकम्पपछि यो सडकखण्ड बिस्तारका लागि अन्तिमपटक २०१८ जुलाई १५ सम्मको समय थप भएको थियो । तर त्यो अवधिमा काम पूरा नभएपछि फेरि पाँच महिना अर्थात २०७५ मंसिर २९ गतेसम्म समय थपिएको हो ।

यता जुलाई १५ मा कोटेश्वर – कलंकी विस्तारको काम सकिएपछि चिनियाँ अनुदानमै ८.२ किमी कलंकी – महाराजगन्ज सडक खण्ड चौडाको काम सुरु हुने बताइएको थियो । तर कोटेश्वर कलंकी खण्डकै समय पाँच महिना थप भएपछि दोस्रो खण्डको काम सुरु हुन ढिला हुने भएको आयोजनाको भनाई छ । यसअघि चिनियाँ कम्पनीले असार भित्रै कोटेश्वर, कलंकी खण्ड हस्तान्तरण गरेर नयाँ खण्डको काम सुरु गर्ने तयारी गरेको थियो ।

चीनले सन् २०२९ सम्ममा पूरै २७.२ किलोमिटर चक्रपथ बिस्तार गर्ने घोषणा गरेको छ । घोषणा अनुसार काम भए पूरै २७ किलोमिटर चक्रपथ ५० मिटर चौडाइ सहित आठ लेनको हुनेछ । त्यसका लागि सरकारले सडक दायाँबायाँका घर टहरा हटाउने सहमति गरिसकेको छ । चीनले तीन चरणमा चक्रपथ बिस्तारको काम पूरा गर्ने घोषणा गरेको छ । तेस्रो चरणमा भने महाराजगञ्ज- कोटेश्वरसम्मको सडक विस्तार हुनेछ ।
अन्नपूर्णबाट

Logo