काठमाडौं । सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मनसुनजन्य विपद्का कारण ठूलो जनधनको क्षति र भौतिक संरचनामा गम्भीर असर पुगेको भन्दै इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
सरकारी निर्णयअनुसार आगामी तीन महिनासम्म यो घोषणा लागु हुनेछ, जसअन्तर्गत विपद् व्यवस्थापनसम्बन्धी विशेष योजना तथा कार्यक्रमहरू लागु गरिनेछ। विपद् संकटग्रस्त जिल्ला घोषणा भएपछि उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूलाई तीव्रता दिन सरकारी स्रोत तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सहज हुनेछ।
इलामका विभिन्न स्थानमा वर्षा र त्यसपछि आएको पहिरोले ३९ जनाले ज्यान गुमाएका छन् ।





























प्रतिक्रिया