काठमाडौं

निजामती कर्मचारीको उमेर हदको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय बीच विवाद भएको छ । "/>

कर्मचारीको उमेर हदः ६० बनाउन उच्च पदस्थकै चलखेल

कर्मचारीको उमेर हदः ६० बनाउन उच्च पदस्थकै चलखेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निजामती कर्मचारीको उमेर हदको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय बीच विवाद भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित उमेर हद ५८ वर्ष राख्नु पर्ने पक्षमा छन् भने अर्थमन्त्री डा. युवराज खतिवडा ६० वर्ष राख्नु पर्ने अडानमा छन् ।

संघीय मन्त्रालयले निजामती कर्मचारीको उमेर हद ५८ वर्ष गर्न राखेको प्रस्तावमा अर्थ मन्त्रालयले असहमति जनाउँदै ६० वर्ष पु¥याउन भनेपछि दुई मन्त्रालय बीच विवाद भएको हो ।निजामती सेवा ऐन, २०४८ मा ५८ वर्ष उमेर पूरा भएका निजामती कर्मचारी स्वतः सेवाबाट अवकाश हुने प्रावधान छ । संघीय मन्त्रालयले निजामती सेवा ऐन र नयाँ पुस्तालाई निजामती सेवामा प्रवेश गराउने उद्देश्य सहित उमेर हद ५८ वर्ष राखेकोमा अर्थले त्यसमा असहमति जनाएर ६० बनाउन भन्दै पत्र काटेको हो ।

उमेर हद ६० वर्ष बनाउन लागि परेका निजामती सेवाका उच्चपदस्थ कर्मचारीले अर्थ मन्त्री खतिवडालाई समेत प्रभावमा पारेको स्रोतको दाबी छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा ५८ वर्षीय उमेर हदलाई हटाएर ६० वर्ष बनाउन अर्थले पनि सामान्यलाई पत्र काटिसकेको छ । यसअघि सामान्यले अर्थसँग विधेयकको मस्यौदाका बारेमा राय मागेको थियो ।

राजधानीबाट

Skip This
Skip This
Logo