काठमाडौं
आजको क्वाटरफाइनल खेलमा स्वीडेन विरुद्ध इंग्ल्याण्डले अग्रता लिएको छ । खेलको ३० औं मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै इंग्ल्याण्डले सुरुवाती अग्रता लिएको थियो । इंग्ल्याण्डका लागि ह्यारी मगुइरले हेड मार्फत गोल गोल गरेका हुन् । खेलको दोस्रो हाफको ५८ मिनेटमा पनि उसले एक गोल थपेर २ / ० को अग्रता बनाएको छ । खेल जारी छ ।
विश्वकपमा अहिले सम्म यी २ टोलीले चार पटक बराबरी खेलेका छन् । समूह चरणमा इङ्ल्याण्ड बेल्जियमसँग पराजित भएको थियो भने स्वीडेन जर्मनीसँग पराजित भएको थियो । इङ्ल्याण्डलाई हराएको बेल्जियम ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । तर स्वेडनलाई हराएको जर्मनी भने समूह चरणबाटै बाहिरियो ।
आजै राती ११ः४५ मा दोस्रो खेल क्रोएसिया र आयोजक रसियासँग हुनेछ । गएरातीका खेलहरुमा फ्रान्स र बेल्जियम सेमिफाइनलमा पुगिसकेका छन् ।































प्रतिक्रिया