फिफा विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा इङ्ल्याण्ड र स्वीडेन भिडिरहेका छन् । अन्तिम १६ मा स्वीट्जरल्याण्डलाई पराजित गरेको स्वीडेन र ट्राइबेकरमा कोलम्बियालाई पष्राजित गरेको ईङल्याण्डबीचको खेल पौने ८ बजेबाट सुरु भएको हो । "/>

फिफा विश्वकपः स्वीडेन र इंग्ल्याण्डको खेल सुरु

फिफा विश्वकपः स्वीडेन र इंग्ल्याण्डको खेल सुरु

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा इङ्ल्याण्ड र स्वीडेन भिडिरहेका छन् । अन्तिम १६ मा स्वीट्जरल्याण्डलाई पराजित गरेको स्वीडेन र ट्राइबेकरमा कोलम्बियालाई पष्राजित गरेको ईङल्याण्डबीचको खेल पौने ८ बजेबाट सुरु भएको हो ।

विश्वकपमा अहिलेसम्म यी २ टोलीले चार पटक बराबरी खेलेका छन् । समूह चरणमा इङ्ल्याण्ड बेल्जियमसँग पराजित भएको थियो भने स्वीडेन जर्मनीसँग पराजित भएको थियो । इङ्ल्याण्डलाई हराएको बेल्जियम ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । तर स्वेडनलाई हराएको जर्मनी भने समूह चरणबाटै बाहिरियो ।

विश्वकपमा इङ्ल्याण्डको १५ औं सहभागीता हो । एक पटक फाइनलमा पुगेको स्वीडेन भने उपाधि विहिन छ । १९५८ मा फाइनलको यात्रा तय गरेको स्वीडेनले उपाधि चुम्न सकेको थिएन ।

दुवै टोलीले समूह चरणमा समान दुई जीत र एक खेलमा हार व्यहोर्दै अघिल्लो चरणमा स्थान बनाएका थिए ।

Logo