काठमाडौं प्रशासनले एमालेलाई दिएन प्रदर्शनको अनुमति

काठमाडौं प्रशासनले एमालेलाई दिएन प्रदर्शनको अनुमति

केन्द्रबिन्दु
105
Shares

काठमाडौं । नेकपा एमालेले शनिबार गर्न लागेको मोटरसाइकल र्‍याली र सभामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

एमालेको राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिने जनाएको थियो । युवा संघले दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्‍याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने जनाएको थियो । तर प्रशासनले अनुमति नदिएपछि भोलिको कार्यक्रम के हुने र के गर्ने भन्ने टुंगो अहिले बसिरहेको एमाले पदाधिकारी बैठकले तय गर्ने एमालेका एक नेताले जानकारी दिए ।

Logo