भेनेजुएलाकी मारिया कोरिना माचाडोले जितिन् नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी मारिया कोरिना माचाडोले जितिन् नोबेल शान्ति पुरस्कार

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । भेनेजुएलाकी मारिया कोरिना माचाडोले सन् २०२५ को नोबेल शान्ति पुरस्कार जितेकी छन् । नर्वेजियन नोबेल समितिले शुक्रबार यो घोषणा गरेको हो।

भेनेजुएलाकी पूर्व विपक्षी राष्ट्रपतीय उम्मेदवार माचाडो एक प्रजातान्त्रिक अधिकार अभियन्ता हुन्। नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले माचाडोलाई “कुनै समय गहिरो रूपमा विभाजित राजनीतिक विपक्षीलाई एकताबद्ध गर्ने एक प्रमुख व्यक्तित्व” को रूपमा प्रशंसा गरेका छन्। उनले भेनेजुएलामा “स्वतन्त्र चुनाव र प्रतिनिधिमूलक सरकारको मागमा साझा आधार” खोज्न सफल भएको बताए।

माचाडोले कसरी जितिन् नोबेल शान्ति पुरस्कार ?

नर्वेजियन नोबेल समितिले माचाडोलाई “भेनेजुएलाका जनताका लागि प्रजातान्त्रिक अधिकार प्रवर्द्धन गर्ने उनको अथक कार्य र तानाशाहीबाट प्रजातन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण सङ्क्रमणका लागि गरेको सङ्घर्ष” को लागि नोबेल शान्ति पुरस्कार प्रदान गरेको जनाएकाे छ ।

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-गाजा शान्ति सम्झौतालगायत विश्वभर आठ वटा युद्ध अन्त्य गरेको दाबी बारम्बार गर्दै नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताइरहेका थिए ।

Logo