लहान । गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको भन्दै आन्तरिक राजश्व कार्यालय लहान र प्रहरीको टोलीले सिरहाको गोलबजार– ६ स्थित परमेश्वर नायकको घरको एउटा कोठा सिलबन्दी गरेको छ । "/>

अवैध मदिरा बिक्री भएपछि सिलबन्दी

अवैध मदिरा बिक्री भएपछि सिलबन्दी

केन्द्रबिन्दु
0
Shares

लहान । गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको भन्दै आन्तरिक राजश्व कार्यालय लहान र प्रहरीको टोलीले सिरहाको गोलबजार– ६ स्थित परमेश्वर नायकको घरको एउटा कोठा सिलबन्दी गरेको छ । 

गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा आन्तरिक राजश्व कार्यालय लहान र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले नायकको घर खानतलासी गर्दा गोल्डेन ओके लेखिएको १८० मिलिको ४८ बोतल र अवैध मदिरा राख्नको लागि प्रयोग हुने खाली बोतलको १४ बोरा बरामद गरेको हो । 

ती परिमाणमा अवैध मदिरा र बोतल बरामद भएपछि केही मदिरा आवश्यक कार्बाहीका लागि आन्तरिक राजश्व कार्यालय लहानमा लगिएको र बाँकी अन्य मदिरा थप अनुसन्धानको लागि नायकको घरको एउटा कोठामा राखेर जनप्रतिनिधिको रोहवरमा सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

यस्तै प्रहरी टोलीले सिरहाको विभिन्न स्थानबाट चार हजार ९२६ लिटर अवैध मदिरा र एक हजार ९३६ लिटर कच्चपदार्थ तथा मदिरा बनाउने ६८ थान भाँडा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । रासस

Skip This
Skip This
Logo