निर्मल पौडेल एन. पि. घायलको मार्मिक गजल

निर्मल पौडेल एन. पि. घायलको मार्मिक गजल

केन्द्रबिन्दु
36
Shares

गजल
दुख्छ छाती चर्किन्छ मन सोच्दै सोचिएन।
पोल्छ मुटु बढ्छ धड्कन सोच्दै सोचिएन।।
तीतो हुन्छ मीठो विगत सम्झे, बिर्से पनि।
गाह्रो हुन्छ ज्यून झन् झन सोच्दै सोचिएन।।
प्रेम गर्नु अगाडि मान्छे चिनेस भन्नुहुन्थ्यो।
आमा तिम्रो गहिरो वचन सोच्दै सोचिएन।।
जति प्रेम भए पनि बन्नुपर्यो मुना एक्लै।
एक्लै मर्नु पर्छ मदन सोच्दै सोचिएन।।
सोचिएन उबेलामा बन्नुपर्छ आज घायल।
बैँशै गयो जाला बचपन सोच्दै सोचिएन।।
✍️एन पी घायल पर्वत।

Skip This
Skip This
Logo