बाजुरा । गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । "/>

रुखले च्यापेर दुई मजदूरको मृत्यु

रुखले च्यापेर दुई मजदूरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाजुरा । गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताउनुभयो । 

मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहरा रहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । 

गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याउन लागेका छन् । घटनाको थप जानकारी लिन जिप्रकाको टोली घटनास्थल पठाइसकिएको प्रनाउ बोहराले बताउनुभयो । रासस

Skip This
Skip This
Logo