काठमाडौँ । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भएको समूह ‘डी’को खेलमा फ्रान्सले अजरबैजानलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
खेलमा फ्रान्सले अजरबैजानमाथि पूर्ण दबाब बनाएको थियो। फ्रान्सका लागि पहिलो गोल पहिलो हाफको इन्जुरी समयमा किलियन एमबाप्पेले गरेका थिए।
दोस्रो हाफमा फ्रान्सले थप दुई गोल गर्यो। एड्रेन राबिओटले खेलको ६९औँ मिनेटमा दोस्रो गोल गरे भने फ्लोरियन थाउभिनले खेल सकिन केही समयअघि ८४औँ मिनेटमा तेस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।





























प्रतिक्रिया