उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन -मौसम विभाग

उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन -मौसम विभाग

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

Logo