विपिन जोशी जीवितै रहेको नयाँ सूची सार्वजनिक

विपिन जोशी जीवितै रहेको नयाँ सूची सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको नयाँ सूची सार्वजनिक गरिएकाे छ । शुक्रबारदेखि लागू भएको पछिल्लो युद्धविरामपछि गाजामा रहेका बन्धकहरूको रिहाइको आशा बढेको छ । हमासको अक्टोबर ७, २०२३ को आक्रमणपछि अपहरणमा परेकाहरूमध्ये इजरायलले कम्तिमा २२ जना बन्धक अझै जीवितै रहेको विश्वास गरेको छ।

गाजा पट्टीमा हाल कूल ४८ बन्धक (अघिल्लो युद्धका एक सिपाहीको शवसहित) रहेका छन् । इजरायली अनुमानअनुसार, कम्तिमा २५ बन्धक अक्टोबर ७ को आक्रमणमा वा बन्दी अवस्थामा मारिएकेका छन्। बाँकी रहेका करिब २२ जना जीवितै फर्किने आशामा इजरायल रहेको छ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको सूचीअनुसार विपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर रहेका छन्।

नयाँ युद्धविराम अन्तर्गत, इजरायलले करिब २,००० प्यालेस्टाइनी कैदीहरूको बदलामा बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गर्ने अपेक्षा गरिएको छ।

यसअघि विपिनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो।

बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो। त्यो भिडिओ उनी अपहरण भएको केही समयपछि खिचिएको थियो। जसमा उनले आफू नेपालबाट कृषिको सिक्दै, कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल आएको बताएका छन्।

Logo