काठमाडौँ
वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहान ७ बजे देखि साँझ ५ बजे सम्म बालाजु क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार प्रणालीको सुधार तथा सडक विस्तारका लागि शुक्रबार विद्युत कटौती गर्न लागिएको हो ।
बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वनस्थली चोक देखि बालाजु प्रहरी चौकी सम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत कटौती गर्न लागिएको बताए । बालाजु–नागार्जुन फिडर अन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।
यस्तै बालाजु–धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुनेछ । प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ ।
रासस





























प्रतिक्रिया