हमासबाट पहिलो चरणमा छुटे ७ जना बन्धक, तेल अभिभमा खुसियालीको लहर

हमासबाट पहिलो चरणमा छुटे ७ जना बन्धक, तेल अभिभमा खुसियालीको लहर

केन्द्रबिन्दु
75
Shares

काठमाडाैं । हमासको नियन्त्रणमा रहेका २० जना जीवित बन्धकहरूमध्ये पहिलो चरणमा ७ जनालाई रेड क्रसको जिम्मा लगाइएको छ । यस खबरले इजरायलको तेल अभिभस्थित ‘होस्टेजेज स्क्वायर’ मा भेला भएका हजारौँ मानिसहरूले ठूलो हर्षोल्लासका साथ स्वागत गरेका छन्।

तेल अभिभको होस्टेजेज स्क्वायरमा बन्धकहरूलाई इजरायली सेनाको हातमा हस्तान्तरण गरिएको घोषणा मञ्चबाट गरिएपछि भीडकाे खुसीले गर्जिएको थियो। रिहा गरिएका बन्धकहरूमा मतान एङ्गर्सट, गाय गिल्बोआ दलाल, एलोन ओहेल, गालि र जिभी बर्मन, इतान मोर र ओम्री मोरान रहेका छन्।

बाँकी रहेका १३ जना जीवित बन्धकहरूलाई पनि आजै रिहा गरिने कार्यक्रम छ। बन्धकका परिवारहरू गाजा सीमा नजिक जम्मा भई आफ्ना प्रियजनको प्रतीक्षामा छन्।

Logo