काठमाडौँ

सरकारले काठमाडौँ उपत्यकाका केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै यसका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । "/>

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले काठमाडौँ उपत्यकाका केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै यसका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । रिटमा माइतिघर लगायतका स्थानहरुमा निषेधित क्षेत्र घोषणा गरिनुको कारण माग गरिएको छ । राज्यले अनियन्त्रित तथा स्वेच्छाचारी ढंगले नागरिक अधिकार एवं स्वतन्त्रतामा हस्तक्षेप गर्ने अनुमति पाउने हो भने संवैधानिक लोकतन्त्रको आधारभूत मूल्य एवं मान्यता नै पराजित हुन पुग्ने निवेदकको जिकिर छ ।

केहि दिन अघि सरकारले सवारी आवागवनमा असहझ पैदा हुने भन्दै उपत्यकाका केहि संवेदनशिल स्थानहरुमा पर्दशन गर्न रोक लगाउने निर्णय गरेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo