सुर्खेत
महिनाबारी भएर घर देखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छिन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घर देखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । ती मध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्की माथि बलात्कार भएको थियो ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा सँगै सुतिरहेका मध्ये एउटा किशोरीलाई भगाएर अर्कीलाई छाउगोठ भित्रै सामूहिक बलात्कार गरेको पाइएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, ‘बलात्कारमा संलग्न तीनै जनालाई मंगलबार पक्राउ गर्न सफल भएका छौं, थप अनुसन्धान जारी छ ।’ बलात्कारमा संलग्न मध्ये पदम १४, चेतन १५ र जनक १८ वर्षका छन् ।
नागरिकबाट





























प्रतिक्रिया