काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढ्दा आज मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार याे हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा परेको व्यवसायी बताउँछन् ।































प्रतिक्रिया