राप्रपा जुम्लाका अध्यक्ष शाही सहित ४ जना पार्टी निलम्बनमा

राप्रपा जुम्लाका अध्यक्ष शाही सहित ४ जना पार्टी निलम्बनमा

केन्द्रबिन्दु
24
Shares

जुम्ला। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शाही सहित उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई निलम्बन गरिएको हो ।

पार्टीको अनुशासन समितिको सुझावका आधारमा उनीहरुलाई एक बर्षका लागि निलम्बन गरिएको पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

Logo