सिद्धार्थ बैंकको इजि बैंक: एकै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा, के-के छन् सुविधा ?

सिद्धार्थ बैंकको इजि बैंक: एकै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा, के-के छन् सुविधा ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। नेपालको बैंकिङ प्रणालीमा तीव्र गतिमा भइरहेको डिजिटल क्रान्तिलाई आत्मसात गर्दै सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई आधुनिक र सहज सेवा प्रदान गर्न ‘इजि बैंक’नामक अनलाइन प्लेटफर्मलाई थप परिष्कृत गरेको छ । बैंकको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत प्रयोग गर्न सकिने यो प्लेटफर्मले ग्राहकहरूलाई घरमै बसेर विभिन्न बैंकिङ सेवाहरू अनलाइनमार्फत प्राप्त गर्ने सुविधा दिएको हाे ।

करिब चार वर्षअघि सार्वजनिक गरिएको ‘इजि बैंक’ लाई ‘डिजिटल नेपाल’ अभियानलाई समर्थन गर्दै बैंकले ग्राहकको आवश्यकताअनुसार थप सेवाहरू समावेश गर्दै लगेको छ।

मोबाइल एपमा थपिएका प्रमुख सेवाहरू:

सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘इजि बैंक’ मार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाइसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको छ। ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत ‘इजि बैंक’ आइकन क्लिक गर्नासाथ यी पाँच प्रमुख सेवाहरूमा पहुँच पुग्छ:

१) खाता विवरण हेर्न मिल्ने:

ग्राहकले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेप जस्ता निक्षेप सम्बन्धी सम्पूर्ण विवरणहरू, लिएको कर्जाको स्थिति, नन-फण्डेड कर्जाको विवरण र बैंकबाट जारी भएका सबै चेकहरूको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सक्छन्।

२) एपबाटै ऋण सुविधा:

मुद्दती निक्षेप धितोमा कर्जा: मुद्दती निक्षेपको ९० प्रतिशतसम्म कर्जाका लागि मोबाइल एपबाटै माग गर्न सकिने र स्वीकृत हुनेबित्तिकै रकम बचत खातामा प्राप्त हुने।

मर्चेन्ट क्यूआर सञ्चालकका लागि कर्जा: मर्चेन्ट क्यूआर सञ्चालकहरूले पनि एपमार्फत नियमअनुसार कर्जा प्राप्त गर्न सक्ने।

क्रेडिट कार्डको ईएमआई सुविधा: क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्ने सुविधा।

३) ग्राहक सेवाको सुविधा:

चेक रोक्का: चेक हराएमा वा रोक्नुपरेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने।

खाता ब्लक: कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नु परेमा एपबाटै सुविधा लिन सकिने।

बचत खाता परिवर्तन: एक प्रकारको बचत खाताबाट अर्को प्रकारको बचत खातामा परिवर्तन गर्न निवेदन आवश्यक नपर्ने।

४) अनलाइन केवाइसी अपडेट

बैंकले ग्राहक पहिचान सम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाइसी’ सुविधा सुरु गरेको छ। यसबाट ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, पेशा, ठेगाना लगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्नेछन्। शाखामा उपस्थित नभई सुरक्षित रूपमा NID नम्बर पनि अद्यावधिक गर्न सकिनेछ।

५) कार्डसम्बन्धी सम्पूर्ण सेवा

इजिबैंक मोबाइल बैंकिङ एपमार्फत ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन्। कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ। यसका अतिरिक्त, क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सकिनेछ।

वेबसाइट (कम्प्युटर) बाट पनि सुविधा

यो सेवा मोबाइल एपका साथै ल्यापटप तथा कम्प्युटरबाट पनि बैंकको वेबसाइटमार्फत ‘लग इन्’ आइकन क्लिक गरी ‘इजि बैंक’मा गएर सञ्चालन गर्न सकिनेछ। वेबसाइटमा अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस गरी विभिन्न अनलाइन सुविधाहरू उपलब्ध छन्।

वेबसाइटका मुख्य सुविधाहरू (अकाउन्ट सर्भिस अन्तर्गत):

-बैंक खाता खोल्ने।
-मुद्दति खाता खोल्ने।

भिडियो बैंकिङ-अनलाइन एकाउन्ट एक्टिभेसनः अनलाइनबाट खोलिएका खातालाई पूर्ण रूपमा चालु गर्न शाखा जान नसक्ने अवस्थामा भिडियो केवाइसीको सुविधा।
प्यान अपडेट र ग्राहक जानकारी प्रमाणिकरण जस्ता सेवाहरू पनि उपलब्ध छन्।

डिजिटल पद्धतिको बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको ‘इजि बैंक’ ले ग्राहकलाई भौतिक उपस्थितिबिना नै बहुआयामिक सेवा प्रदान गरी बैंकिङ कारोबारलाई सहज, सुरक्षित र समयसापेक्ष बनाएको छ।

Skip This
Skip This
Logo