सगरमाथाको पहिलो सफल आरोहण दलका ज्यूँदा सदस्य कान्छा शेर्पाको निधन

सगरमाथाको पहिलो सफल आरोहण दलका ज्यूँदा सदस्य कान्छा शेर्पाको निधन

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए। उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा रहेका थिए।

उनको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

Logo