राजनीतिक नियुक्ति पाएका यी ११ देशका राजदूत फिर्ता

राजनीतिक नियुक्ति पाएका यी ११ देशका राजदूत फिर्ता

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएर गएका राजदूत फिर्ता गर्ने निर्णय गरेको हो।

चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा.दुर्गाबहादुर सुवेदी, जर्मनी डा.शैल रुपाखेती, इजरायलका डा.धनप्रसाद पण्डित, मलेसियाका डा.नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरब नरेशबिक्रम ढकाल, स्पेन सनिल ढकाललाई २० कात्तिकभित्र फर्कन निर्देशन दिने निर्णय भएको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । उनीहरुलाई केपी ओली सरकारले नियुक्त गरेको थियो।

Logo