काठमाडौँ उपत्यकामा दशौँ हजारको वाईसिएल फोर्स तैनाथ छ : अध्यक्ष ओली

काठमाडौँ उपत्यकामा दशौँ हजारको वाईसिएल फोर्स तैनाथ छ : अध्यक्ष ओली

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष पुष्प ओलीले जेन–जी आन्दोलनको नाममा फेरि पनि हुनसक्ने आक्रमणको प्रतिकार गर्न आफूहरुले काठमाडौं उपत्यकामा १० औं हजारको बाइसिएल फोर्स बनाएको बताएका छन् । शुक्रबार समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले असली जेन–जीहरुको मागमा आफूहरु एकमत रहेको बताए ।

आफूहरु सो आन्दोलनमा स्वयमसेवकीय भूमिकामा संलग्न हुँदाहुँदै पनि घुसपैठेहरुले माओवादीका नेताहरुमाथि आक्रमण गर्ने, शक्तिको दुरुपयोग गरेर दमन गर्ने प्रयास भएको बताए । फेरि पनि यस्ता प्रकारको गोप्य षड्यन्त्रहरु रचिएको हुन सक्छन् भनेर आफूहरुले उपत्यकामा १०औं हजारको युवा फोर्स रेडी गरेर राखेको बताए ।

वाईसीएल अध्यक्ष ओलीले गत भदौ २३ गते ड्रेसमै रहेका विद्यार्थीमाथि हानिएको गोली र गरिएको दमनमाथि छानविन गरिनुपर्ने बताए । उनले भदौ २४ गते १२ बजेदेखि जेन–जी आन्दोलन हाइज्याक भएको र त्यो हाइज्याक गर्ने र विध्वंशमा संलग्नहरुमाथि पनि कारबाही गरिनुपर्ने बताए ।

साथै, उनले माओवादीका अग्रज नेता कृष्णबहादुर महरामाथि धरपकड गरिएको र झुठा मुद्दा लगाएर फसाइएको बताए । उनले महरालाई तत्काल रिहा नगरिएको खण्डमा सडकबाट जवाफ दिने पनि उनले चेतावनी दिए ।

त्यस्तै, उनले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्वराजा र राप्रपाका नेताहरुको सम्पत्ति छानविन गरिनुपर्ने बताए । निष्पक्ष रुपमा हुने सम्पत्ति छानविनमा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै सुरु गर्न पनि उनले चुनौति दिए ।

Logo