भण्डारीको माइती बनेर कोही नआउनु,म अप्ठेरो बेलाको साथी हुँः अध्यक्ष ओली

भण्डारीको माइती बनेर कोही नआउनु,म अप्ठेरो बेलाको साथी हुँः अध्यक्ष ओली

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेहरूलाई माईती बनेर नआउन आग्रह गरेका छन् । भण्डारीको सदस्यता नवीकरण माग्नेहरूतर्फ इंगित गर्दै कोही पनि माइती बनेर आउन नपर्ने बताए ।

बुधबार देखी जारी बैठकको समापन कार्यक्रममा बोल्दै ओलीले आँफू भण्डारीको अप्ठेरो बेलाको साथी भएको भन्दै यो बेला भण्डारीले आएर सघाउनुपर्ने बताए ।

ओलीले भने, ‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु’ ओलीले भने, ‘जब उहाँ असजिलो अवस्थामा हुनुुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ ।’

‘कसैले यहाँ ठूला कुरा नगरौं । म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ । बरु उहाँले आएर सघाउनुपर्ने हो,’ ओलीले जवाफ दिए।

Skip This
Skip This
Logo