काठमाडाैं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १८औं वार्षिक साधारणसभा काठमाडौंको थापागाउँमा सम्पन्न गरेको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।
रु १,३५१,५५२,८४८.८० चुक्ता पुँजी रहेको मञ्जुश्री फाइनान्स देशकै उच्च चुक्ता पुँजी भएको फाइनान्स कम्पनी मध्ये एक हो । कम्पनीले हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १९.५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ।
फाइनान्सले ग्राहकलाई आकर्षक ब्याजदरमा निक्षेप सुविधा र सुलभ दरमा कर्जा सेवा उपलब्ध गराउँदै आएको छ । यसले हालसम्म २७ शाखा र १ विस्तारित काउन्टर मार्फत सेवा विस्तार गरेको छ।
हालसम्म १ लाख ६० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीका रूपमा परिचित छ। कम्पनीले आगामी दिनहरूमा पनि डिजिटल सेवा प्रवर्द्धन, वित्तीय पहुँच विस्तार र ग्राहकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने जनाएको छ।





























प्रतिक्रिया