सोलुखुम्बुको नेचा सल्यानबाट पतलेबजार जाँदै गरेको जिप दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ ।
मृत्यु हुनेमा उदयपुर सिरिसेका जिप चालक २१ वर्षीय कुशाङ तामाङ, सिरहा संहिठाका ३६ वर्षीय शिवकुमार यादव, खोटाङ खाल्टेका २४ वर्षीया कोपिला बस्नेत कार्की, नेचासल्यान–२ सोलुखुम्बुका ३५ वर्षीया उर्मिला कट्टेल बाँस्तोला र नेचासल्यान–२ कै २५ वर्षीया शुसीला खड्का, ओखलढुंगा माम्खाका ४२ वर्षीय गाडी साहु श्यामकुमार राई रहेका छन् ।
दुर्घटनामा करिब ८ वर्षीया सुस्मा खड्का घाइते भएकी छन्। उनलाई उपचारका लागि फाप्लु अस्पताल लागिएको छ । को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११ मा भिरबाट खसेर दुर्घटना भएको हो ।





























प्रतिक्रिया