भक्तपुरमा एक पत्रकारले लुटेराबाट १३ लाख रुपैया खोसेर सम्बन्धित व्यक्तिलाई बुझाएका छन् । गाडीमा सवार एक व्यक्तिबाट लुटिएको रकम पत्रकार सञ्जीव दाहालले लुटेराबाट खोस्न सफल भएका हुन् ।
मध्यउपत्यका बस व्यबसायी संघद्वारा संचालित बस मध्यपुरमा थिमिमा पुगेको समयमा पाकटेरमारले यात्रु जीतबहादुर बस्नेतको पाइन्टबाट पर्स लिएर फरार हुने क्रममा पत्रकार दाहालले थुतेर त्यो पर्स लिएका थिए । गाडीमा रहेका तीन जना पाकेटमारामध्ये अगाडि बस्नेले पर्स झिकेर पछाडि बस्नेलाई पास गर्दै गर्दा पत्रकार दाहालले देखेपछि पर्स थुत्न सफल भएका थिए।
दाहालले बुधबार ठिमी शंखधर चोकमा सिन्धुपाल्चोक-२ बाह्रबिसेका बस्नेतलाई नगद २८ हजार १३० र दुई बैंकका १२ लाख ८७ हजारको चेक र एटिएमसहितको पर्स फिर्ता गरे । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी हिमालय श्रेष्ठले दाहाललाई धन्यवाद दिँदै चोरी डकैटी र लुटपाटबाट बच्न सबै नागरिक सचेत हुनुपर्ने सुझाव दिए । बस्नेतले दाहाललाई सम्मानस्वरूप पाँच हजार रुपैयाँ प्रदान गरे ।































प्रतिक्रिया