धोबहा खोलाको पुल निर्माण ठेक्का रद्द, ठेकेदारलाई कालोसूचीमा सिफारिस

धोबहा खोलाको पुल निर्माण ठेक्का रद्द, ठेकेदारलाई कालोसूचीमा सिफारिस

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। सडक विभाग, पुल महाशाखा नेपालगञ्जले नवलपरासीको धोबहा खोलाको पुल निर्माण परियोजनामा कार्य सम्पादनमा गम्भीर लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई ठेक्का सम्झौतामा गम्भीर उल्लंघन गरेको ठहर गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुल सेक्टरले शुक्रबार यस सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । सुचना अनुसार, गौरी पार्वती निर्माण सेवा प्रालि, कालंकी–१४, काठमाडौं ले सम्झौता अनुसार समयमै काम सम्पन्न नगरेको र निर्माण कार्यमा प्रगति नदेखिएको भन्दै सो कम्पनीलाई खरिद सम्झौता अन्य कम्पनीसँग गर्न रोक लगाउने प्रक्रिया सुरु गरिएको हो ।

सूचनामा भनिएको छ, “निर्माण व्यवसायीले ठेक्का सम्झौताअनुसार कार्य समयमा पूरा नगरेको, बारम्बार चेतावनी दिए पनि प्रगति नदेखिएको र कार्यसम्पादनमा निरन्तर ढिलाइ गरेको पाइएकाले ठेक्का सम्झौतामा उल्लंघन भएको ठहर गरिएको छ ।”

पुल सेक्टर नेपालगञ्जले उक्त कम्पनीविरुद्ध कानुन बमोजिम कारबाही अघि बढाएको जनाएको छ । साथै, सार्वजनिक खरिद ऐन २०६३ को दफा ६८९१०९क०९ख० र ९ग० अनुसार आवश्यक कारबाहीका लागि सिफारिस गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।

Logo