सोलुखुम्बुको नेचा सल्यानबाट पतलेबजार जाँदै गरेको जिप दुर्घटना भएको छ । को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११ मा भिरबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाका अनुसार मृतक मध्ये शिवकुमारी यादवको मात्रै सनाखत भएको छ । जिपमा ७ जना सवार भएकोमा एक जना बालकको उद्धार गरि उपचारका लागि लागिएको छ ।
घटना भएको ठाउँ सदरमुकामबाट करिब १२ किलोमिटर टाढा पर्छ । थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया