गुण्डुमा तिहारको रौनकः मखमली र सयपत्री फूल टिप्न भ्याइनभ्याइ [भिडियो]

गुण्डुमा तिहारको रौनकः मखमली र सयपत्री फूल टिप्न भ्याइनभ्याइ [भिडियो]

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । तिहार पर्व नजिकिएसँगै भक्तपुरको गुण्डुका किसानलाई मखमली र सयपत्री फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । फूलको व्यावसायिक खेती हुने यस क्षेत्रका बारी र खेतहरू यतिबेला ढकमक्क फुलेका मखमली फूलले राताम्मे बनेका छन् । तिहारमा भाइटीकाका लागि मखमली र सयपत्री मालाको ठूलो माग हुने भएकाले किसानहरू बिहानैदेखि फूल टिप्ने, माला उन्ने र गाँस्ने कार्यमा व्यस्त छन्। गुन्डुका किसानले फूल खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् र यहाँ उत्पादित फूलहरू देश विदेशमा समेत निर्यात हुने गरेका छन्।

Skip This
Skip This
Logo