आज घट्यो सुनचाँदीको मूल्य

आज घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लगातार बढेर नयाँ रकर्ड बनाइरहेको छापावाल सुनको मूल्य आइतबार भने तोलामा ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo