नेतृत्व छोडे मोहन वैद्यले, सीपी गजुरेललाई महासचिवको जिम्मेवारी

नेतृत्व छोडे मोहन वैद्यले, सीपी गजुरेललाई महासचिवको जिम्मेवारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । शारिरिक अस्वस्थाताका कारण पार्टीको महासचिव पद छोडेका हुन् । ८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेको पार्टी स्रोतले बताएको छ । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ ।

‘किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ,’ गजुरेलले केन्द्रविन्दुलाई बताए ।
तत्कालिन समयमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी संग बिद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा माओवादी’ बनेको थियो ।

उनी २०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए । आफ्नो जीवनकाल राजनीतिमा बिताएका वैद्यले हालसम्म राज्यस्तरका कुनैपनि पदहरू पाएनन् । कम्युनिष्ट क्रान्तिकारी आन्दोलनका एक सादकी नेताका रुपमा किरण सतिसाल बनेर उभिएका छन् ।

Logo