काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका छन् ।
इजरायली विदेश मन्त्रालयले जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा गर्ने घोषणा गरेको थियो। उक्त घोषणाअनुरुप श्रद्धाञ्जली सभाआयोजना भएको हो। जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ । विमानस्थल पुगेका नेपालीहरू भावविह्वल हुँदै पुष्पगुच्छा र खादा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी देखिन्छन्
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।





























प्रतिक्रिया